Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपसभामुखमा पुष्पा भुसाल विजयी

उपसभामुखमा पुष्पा भुसाल विजयी

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 855
    SHARES

  • उपसभामुखमा पुष्पा भुसाल विजयी

    काठमाडौं । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित हुनुभएको छ ।

    शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित हुनुभएको हो । १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी हुनुभएको छ । ९३ सांसदले मत दिन्न र १ जना तटस्थ रहेका थिए ।

    भुसालको उम्मेदवारीको प्रस्तावक माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ रहनुभएको थियो । भने समर्थकमा एकीकृत समाजवादीकी सांसद लक्ष्मी चौधरी रहनुभएको थियो ।

    भुसाल सत्तागठबन्धन दलबाट उम्मेदवार बन्नुभएको हो भने भट्टराई विपक्षी दलबाट उम्मेदवार बन्नुभएको हो ।

     


    शुक्रवार, आषाढ ३१ २०७९०५:०३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij