Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमालेलाई अहिले धेरै गाली नगरौँ : नेपाल

एमालेलाई अहिले धेरै गाली नगरौँ : नेपाल

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 890
    SHARES

  • एमालेलाई अहिले धेरै गाली नगरौँ : नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई प्रहार गर्न नहुने बताउनुभएको छ ।

    बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले एमालेले धेरै प्रहार नगरेकाले आफूहरूले पनि प्रहार गर्न नहुने बताउनुभयो ।

    तर, आफूहरूले एकएक कुराहरू मसिनोगरी हेरिरहेको र कुनै पनि भुलभुलैयामा नपर्ने उहाँको भनाइ छ । भुलभुलैयामा पर्दा न घरको न घाटको हुने भएकोले यस्तो मुर्खतापूर्ण गल्ती कहिल्यै नगर्न अध्यक्ष नेपालले कार्यकर्ताले निर्देशन दिनुभयो ।

    उहाँले आफूहरूलाई कम आकलन गर्दा स्थानीय तह निर्वाचनमा सबैभन्दा ठूलो नोक्सानी भोगेको दाबीसमेत गर्नुभयो । कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रप्रति रोष प्रकट गर्दै चेतावनी समेत दिनुभएको छ ।

    स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादीले आफूहरूलाई धोका दिएको भन्दै सत्ता र संसदको गणितीय खेलमा देखाइदिने चेतावनी दिनुभएको हो ।


    शुक्रवार, आषाढ ३१ २०७९०३:०६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij