Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

आईजीपी नियुक्ति विरुद्धको रिटमा आज फैसला आउने

आईजीपी नियुक्ति विरुद्धको रिटमा आज फैसला आउने

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 380
    SHARES

  • आईजीपी नियुक्ति विरुद्धको रिटमा आज फैसला आउने

    काठमाडौं । आईजीपी नियुक्ति विरुद्धको रिटमा विश्वराज पोखरेलका वकिलले जवाफी बहस सकेका छन् ।

    पोखरेल पक्षका वकिलको जवाफी बहस सकिएसँगै फैसला आजै आउने भएको छ । निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले जवाफी बहस गरेका हुन् ।

    गत वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।


    शुक्रवार, आषाढ ३१ २०७९०२:०६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij