Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

लोसपाको बैठक बस्दै, उपसभामुखबारे निर्णय लिने

लोसपाको बैठक बस्दै, उपसभामुखबारे निर्णय लिने

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 535
    SHARES

  • लोसपाको बैठक बस्दै, उपसभामुखबारे निर्णय लिने

    काठमाडौं । उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्नेबारे लोसपाले आज निर्णय लिदैछ । प्रतिनिधि सभामा आज उपसभामुख चयनका लागि मतदान हुँदैछ ।

    उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा हुनुहुन्छ ।

    १३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिने भन्नेबारे टुंगो लगाएको छैन । लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने केन्द्रीय कार्यकारिणी बैठकले टुंगो लगाउने छ ।

    प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । लोसपामा पनि गठबन्धनका उम्मेदवारलाई साथ दिनुपर्ने मत बलियो रहेको बताइन्छ ।

     


    शुक्रवार, आषाढ ३१ २०७९०८:५०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij