Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालद्वारा उपसभामुख पदमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालद्वारा उपसभामुख पदमा उम्मेदवारी दर्ता

  • बिहिवार, आषाढ ३० २०७९

  • 591
    SHARES

  • नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालद्वारा उपसभामुख पदमा उम्मेदवारी दर्ता

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले उपसभामुख पदमा उम्मेदवार दर्ता गराउनुभएको छ ।

    सत्ता गठबन्धनको तर्फबाट भुसालले मनोनयन दर्ता गराउनुभएको हो। भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरीको रहेका छन् ।

    यसअघि पनि कांग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो । भुसाल तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बन्नुभएको थियो। ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसालले ५८ मत प्राप्त गर्नुभएको थियो ।

    यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ । यता नेकपा एमालेले उपसभामुखमा उम्मेदवारी दिने नदिनेबारे टुंगो लगाइसकेको छैन ।


    बिहिवार, आषाढ ३० २०७९१२:१९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij