काठमाडौं । केही समययता चीनका शक्तिशाली नेताहरु एकपछि अर्को गर्दै नेपाल भ्रमण गरिरहेका छन् ।
हालै मात्र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख जिआनचाओ लिउ चार दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको छ । उहाँको भ्रमणपछि नेपाल–चीन सम्बन्ध थप उचाईंमा पुगेको दुवै देशका नेताहरुले बताएका छन ।
यसरी नेपालमा चीनकातर्फबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण गराउन मुख्य भूमिका खेल्ने पात्र भने जेङ यूया हुन । उहाँको नेपाली नाम सरला हो । उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल मामिला हेर्ने नेतृ हुनुहुन्छ ।
विगतमा जस्तै यसपटक लीउको नेपाल भ्रमण गराउन उहाँको महत्वपूर्ण भूमिका रहेको छ । यसअघि सन २०२० मा चिनियाँ विदेश मन्त्री वाङको भ्रमण गराउन पनि उहाँ सफल हुनुभएको थियो । वाङ भ्रमणको समन्वय मात्र होइन बेलाबेला चिनियाँ नेता र नेपाली नेताहरुबीच हुने भर्चुअल संवादको समन्वय समेत उहाँले गर्ने गर्नुभएको छ ।
नेपाल–चीन सम्बन्धलाई बलियो र दीगो बनाउन आफू सदैव प्रयत्नशील रहने उहाँको भनाइ छ ।