Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उपसभामुखमा पुष्पा भुसाल

उपसभामुखमा पुष्पा भुसाल

  • बुधवार, आषाढ २९ २०७९

  • 732
    SHARES

  • उपसभामुखमा पुष्पा भुसाल

    काठमाडौं । सत्ता गठबन्धनमा कांग्रेस सचेतक पुष्पा भुसाललाई प्रतिनिधिसभाका उपसभामुख पदमा उम्मेदवार बनाउने सहमति भएको छ ।

    सत्ता गठबन्धन दलहरुबीच कांग्रेसले उपसभामुख पाउने सहमति भएको र पार्टीले भुसाललाई उम्मेदवार बनाउने तय भएको काँग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्।

    यसअघि पनि कांग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने भुसाल तत्कालीन नेकपाकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बन्नुभएको थियो।

    २०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्बाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित हुनुभएको थियो। ०७६ फागुनमा मन्त्री भएपछि तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त हुँदै आएको छ ।

    प्रतिनिधिसभाको उपसभामुख चयनका असार ३१ गते निर्वाचनको मिति तोकिएको छ ।


    बुधवार, आषाढ २९ २०७९०५:५२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij