Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिलाई भेट गरी सीपीसीका विदेश विभाग प्रमुखको टोली आजै स्वदेश फर्किने

राष्ट्रपतिलाई भेट गरी सीपीसीका विदेश विभाग प्रमुखको टोली आजै स्वदेश फर्किने

  • बुधवार, आषाढ २९ २०७९

  • 429
    SHARES

  • राष्ट्रपतिलाई भेट गरी सीपीसीका विदेश विभाग प्रमुखको टोली आजै स्वदेश फर्किने

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको टोली बुधबार स्वदेश फर्किँदै हुनुहुन्छ । त्यसअघि उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

    राष्ट्रपति कार्यालयका अनुसार बिहान साढे १० बजे शीतल निवास पुगेर चिनियाँ टोलीले राष्ट्रपति भण्डारीलाई भेट्ने कार्यक्रम छ। त्यसपछि उहाँरू लिउ बुधबार बिहान ११ः४५ बजे स्वदेश फर्किनुहुने छ ।

    लिउ नेतृत्वको प्रतिनिधि मण्डलले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतसँग भेटवार्ता गरेको थियो।


    बुधवार, आषाढ २९ २०७९०९:२८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij