Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • बुधवार, आषाढ २९ २०७९

  • 325
    SHARES

  • कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा हिजो बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने काँग्रेस प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो ।

    हिजोको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धि मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित वरीयता क्रमको मस्यौदामा केन्द्रीय सभापति, पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलका नेता क्रमश रहने व्यवस्था गरिएको छ ।

    वरीयताक्रमबारे विवाद उत्पन्न हुन थालेपछि सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिनुभएको थियो । तर वरीयताप्रति प्रदेश सभापतिहरूले भने आपत्ति जनाएका छन् । सातै प्रदेशका सभापतिहरूले प्रस्तावित वरीयतामा आपत्ति जनाएका हुन् ।

    प्रस्तावित मस्यौदामा प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ नम्बरमा राखिएको छ । उनीहरूले केन्द्रीय सभापति पछि आफूहरूको वरीयता हुनुपर्ने माग गरेका छन् ।


    बुधवार, आषाढ २९ २०७९०८:५५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij