Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सभामुख सापकोटाद्वारा पाँच विधेयक प्रमाणित

सभामुख सापकोटाद्वारा पाँच विधेयक प्रमाणित

  • मंगलवार, आषाढ २८ २०७९

  • 672
    SHARES

  • सभामुख सापकोटाद्वारा पाँच विधेयक प्रमाणित
    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार संघीय संसद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका पाँच विधेयक प्रमाणित गर्नुभएको छ । 
     
    सभामुखले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गर्नुभएको हो । 
     
    प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।


    मंगलवार, आषाढ २८ २०७९०७:५३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij