Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

काँग्रेस केन्द्रीय समिति बैठकमा पेस भयो मर्यादाक्रम प्रस्ताव 

काँग्रेस केन्द्रीय समिति बैठकमा पेस भयो मर्यादाक्रम प्रस्ताव 

  • मंगलवार, आषाढ २८ २०७९

  • 565
    SHARES

  • काँग्रेस केन्द्रीय समिति बैठकमा पेस भयो मर्यादाक्रम प्रस्ताव 
    काठमाडौं । नेपाली काँग्रेसले विभिन्न तहमा रहेका नेताहरूको मर्यादाक्रमसम्बन्धी प्रस्ताव पेस गरेको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेताहरूको मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेस भएको हो । 
     
    प्रस्तावमा मर्यादाक्रमका नीतिगत चार आधार तय गरिएको छ । जसमा पार्टी विधानले व्यवस्थागरेको तहगत संरचनाको आधार, पार्टी विधानले व्यवस्था गरेको पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारद्वारा जारी गरिएको मर्यादाक्रम र वर्तमान तथा भूतपूर्व पदको आधार रहेका छन् । 
     
    पार्टीको पहिलो वरियतामा केन्द्रीय सभापति रहनेछन् भने त्यसपछि पूर्वसभापति र तेस्रो नम्बरमा प्रधानमन्त्री वरियतामा रहने प्रस्तावमा उल्लेख  छ । चौथो वरियतामा पूर्व प्रधानमन्त्री, पाँचौमा संसदीय दलका नेता, छैटौँमा केन्द्रीय पदाधिकारी, सातौँमा संसदीय दलका पूर्वनेता, आठौँमा पूर्वकेन्द्रीय पदाधिकारी रहने प्रस्ताव गरिएको छ । 
     
    यस्तै वरीयताको अन्तिममा काँग्रेस सदस्य र त्यसभन्दा अघिल्लो वरियतामा क्रियाशील सदस्य रहने प्रस्तावमा उल्लेख छ । काँग्रेसको वरियतासम्बन्धी प्रस्तावमा १२१ तह निर्धारण गरिएको हो ।  
     


    मंगलवार, आषाढ २८ २०७९०४:२१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij