Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

उपसभामुख र उपाध्यक्ष पद पूर्ति गर्न नसक्नु लाजमर्दो : वामदेव गौतम

उपसभामुख र उपाध्यक्ष पद पूर्ति गर्न नसक्नु लाजमर्दो : वामदेव गौतम

  • मंगलवार, आषाढ २८ २०७९

  • 813
    SHARES

  • उपसभामुख र उपाध्यक्ष पद पूर्ति गर्न नसक्नु लाजमर्दो : वामदेव गौतम
    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसद्का उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गर्नुभएको छ ।
     
    आज राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सदस्य गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताउनुभयो । उहाँले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिधि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिब ४ महिना यता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताउनुभयो । 
     
    सदस्य गौतमले संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको भन्दै पुरुष नभए पनि हुने तर महिला अनिवार्य हुनुपर्ने बताउनुभयो । सदस्य गौतमले आफू संविधानको निर्माता भएकोले संविधान विपरीत भइरहेका गतिविधि सहन नसक्ने चेतावनी दिनुभएको छ । 
     
    राष्ट्रिय सभा सदस्य गौतमले  करिब ४ महिना यता राष्ट्रिय सभाका ४ समितिमध्ये ३ वटामा सभापति नरहेको उल्लेख गर्दै सरकार, राजनीतिक दल, राष्ट्रिय सभाका अध्यक्ष, कार्यव्यवस्था समितिको ध्यानाकर्षण गराउनुभयो ।
     


    मंगलवार, आषाढ २८ २०७९०१:३९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij