Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सीपीसीका विदेश विभाग प्रमुख लिउले आज ओली, माधव र खनाललाई भेट्ने

सीपीसीका विदेश विभाग प्रमुख लिउले आज ओली, माधव र खनाललाई भेट्ने

  • मंगलवार, आषाढ २८ २०७९

  • 351
    SHARES

  • सीपीसीका विदेश विभाग प्रमुख लिउले आज ओली, माधव र खनाललाई भेट्ने

    काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज पनि राजनीतिक भेटवार्तालाई निरन्तरता दिनुहुने भएको छ ।

    आइतवार ४ दिने भ्रमणका लागि नेपाल आइपुग्नुभएका जियानचाओले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    अध्यक्ष ओलीको निवास बालकोटमा लञ्चसहित जियानचाओको भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । उहाँले आजै दिउँसो एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र पूर्वप्रधानमन्त्री झलनाल खनाललाई पनि भेट्ने कार्यक्रम छ । भोलि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उहाँ स्वदेश फर्किनुहुनेछ ।

    यसअघि हिजो उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्नुभएको थियो । जियानचाओले चीन नेपालमा लगानी गर्नका लागि इच्छुक रहेको भेटको क्रमम बताउनुभयो ।


    मंगलवार, आषाढ २८ २०७९०८:५२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij