Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड गरे एकीकृत समाजवादीका विद्यार्थीले 

त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड गरे एकीकृत समाजवादीका विद्यार्थीले 

  • सोमवार, आषाढ २७ २०७९

  • 588
    SHARES

  • त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड गरे एकीकृत समाजवादीका विद्यार्थीले 
    काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ ।
     
    सोमबार अनेरास्ववियूको एक समूहले उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हो । उनीहरूले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट पनि फलिदिएका छन् ।
     
    सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरू सन्तोष शेर्पा, कैलाश गिरी लगायत ९ जना उपकुलपति बास्कोटालाई ज्ञापन पत्र बुझाउन गएका थिए । तर उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरूप तोडफोड गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले स्वीकार गर्नुभएको छ । 
     
    अनेरास्ववियूले त्रिविमा प्रश्नपत्र बाहिरिने, प्रश्नपत्र हुबहु हुने, आङ्गिक क्याम्पसले निजी क्याम्पस सर शुल्क लिने समस्या देखिएको भन्दै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउन गएको पराजुलीले बताउनुभयो । 


    सोमवार, आषाढ २७ २०७९०६:५८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij