Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

वडाध्यक्षको अडानसहितको धर्ना : भक्तपुर नगरकोट सडकखण्ड नबनेसम्म सडकबाटै कार्यालय चलाउने

वडाध्यक्षको अडानसहितको धर्ना : भक्तपुर नगरकोट सडकखण्ड नबनेसम्म सडकबाटै कार्यालय चलाउने

  • सोमवार, आषाढ २७ २०७९

  • 806
    SHARES

  • वडाध्यक्षको अडानसहितको धर्ना : भक्तपुर नगरकोट सडकखण्ड नबनेसम्म सडकबाटै कार्यालय चलाउने
    काठमाडौं । भक्तपुर नगरकोट सडक खण्डको बाटो नबन्दासम्म एक वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने बताउनुभएको छ । 
     
    भक्तपुर नगरकोटको बाटो बनाउन २ वर्षको समय दिएपनि ९ वर्षसम्म बाटो नबसेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा अध्यक्ष धनबहादुर लामा सडकमै धर्ना दिनुभएको छ ।  
     
    नेपाल सरकारको अकर्मण्यता र ठेकेदारको लापरबाहीले २ वर्षमा बन्नुपर्ने सडक ९ वर्षमा बन्न नसकेपछि बाध्य भएर विरोध स्वरूप सडकमै कार्यालय लिएर चलाएको लामाले बताउनुभयो । 
     
    ‘२ वर्षमा पुरा गर्नुपर्ने भक्तपुर नगरकोट बाटो ठेकेदारको लापरबाही र नेपाल सरकारको अकर्मण्यताले ९ वर्ष पुग्दा पनि बन्न सकेन । मैले दबाब स्वरूप बाध्य भएर वडा अध्यक्षको हैसियतले ध्यानाकर्षण गराउन कार्यालय सडकमा ल्याएको छु’ लामाले भन्नुभयो ।, ‘भक्तपुर नगरकोट खण्डको बाटो बनाउनुपर्‍यो भनेर सरकारका सबै निकायलाई गुहारे । मेरो व्यक्ति रुपमा केही चलेन त्यसपछि बाध्य भएर दबाब दिन सडकमा आएको छु ।’
     
    वडा अध्यक्ष लामा भक्तपुर नगरकोट सडक खण्डको लामा चौरमा आफ्नो कुर्सी लिएर सडकमा आउनुभएको छ । यो सडक खण्ड बन्ने निश्चित नभएसम्म यहीँ सडकबाटै वडा कार्यालय चलाएर विरोध गर्ने लामाले बताउनुभयो । 
     
    यसअघि भक्तपुर नगरकोट सडक खण्डमा बाटो नबन्दा गाडी चालकले ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो नै गाडीमा टाँगेर विरोध गरेका थिए ।
     
    केदार अधिकारीले बाटो नबनाउँदा सुख्खा मौसममा धुलो र वर्षा मौसममा हिलो व्यहोर्नु परेको भन्दै गाडी चालकले विरोध गरेका थिए । जसले गर्दा पर्यटकीय क्षेत्र नगरकोट जाने यात्रुले समेत सास्ती व्यहोर्नु परेको छ ।


    सोमवार, आषाढ २७ २०७९०१:४७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij