Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

एकाधिकार मान्दैनौँ भन्दै काँग्रेस केन्द्रीय कार्यालयमा शेखर पक्षको विरोध प्रदर्शन

एकाधिकार मान्दैनौँ भन्दै काँग्रेस केन्द्रीय कार्यालयमा शेखर पक्षको विरोध प्रदर्शन

  • सोमवार, आषाढ २७ २०७९

  • 520
    SHARES

  • एकाधिकार मान्दैनौँ भन्दै काँग्रेस केन्द्रीय कार्यालयमा शेखर पक्षको विरोध प्रदर्शन
    काठमाडौं । नेपाली काँग्रेसको शेखर कोइराला पक्षका काँग्रेस कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठक बस्न लागेका बेला पार्टी विधान पूर्ण पालनाको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
     
    प्रदर्शनकारीले ‘हामी केही जान्दैनौ, एकाधिकार मान्दैनौ’ भन्ने नाराबाजी गरेका छन् । 
     
    उनीहरूले भ्रातृ संस्थाहरूको तत्काल वैधानिक पूर्णता, नेपाली काँग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग अघि सारेका छन् । 
     
    प्रदर्शनमा नेविसंघ, तरुण दल, दलित सङ्घ लगायतका भ्रातृ सङ्गठनका प्रतिनिधिहरू सहभागी थिए । प्रदर्शन रोक्न पार्टी कार्यालय परिसरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।


    सोमवार, आषाढ २७ २०७९०१:३०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij