Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

निर्वाचनअघि कुनै पनि पार्टीसँग पार्टी एकता हुँदैन : माधव नेपाल

निर्वाचनअघि कुनै पनि पार्टीसँग पार्टी एकता हुँदैन : माधव नेपाल

  • सोमवार, आषाढ २७ २०७९

  • 405
    SHARES

  • निर्वाचनअघि कुनै पनि पार्टीसँग पार्टी एकता हुँदैन : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव अघि माओवादी लगायत कुनै पनि पार्टीसँग पार्टी एकता नहुने बताउनुभएको छ ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेपालले निर्वाचनअघि पार्टी एकता सम्भवः नभएको बताउनुभएको हो ।

    निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिने पनि उहाँको भनाइ छ । नेकपा एस पार्टी एकताभन्दा संगठन विस्तारमा लागि परेको उहाँले बताउनुभयो ।

    प्रदेश खारेज गर्नुपर्ने माग उठेको छ नि भन्ने अर्को प्रश्नमा नेपालले त्यो माग कतै उठेको छैन, जनतालाई खुसी बनाउने खालका काम गर्दै जानुपर्छ तर धनगढीको जस्तो धुलाम्मे सडक कतै पनि भन्दै व्यंग्य पनि गर्नुभयो ।

    उहाँले नेपाल श्रीलंका जस्तो नहुने बताउदै रुस‐युक्रेन युद्धका कारण विश्वभर नै आर्थिक अवस्था कमजोर भएको बताउनुभयो ।


    सोमवार, आषाढ २७ २०७९११:१०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij