Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

पार्टी विभाजन गरेर माधवले जीवनकै सबैभन्दा ठूलो गल्ती गरे : घनश्याम भुसाल

पार्टी विभाजन गरेर माधवले जीवनकै सबैभन्दा ठूलो गल्ती गरे : घनश्याम भुसाल

  • सोमवार, आषाढ २७ २०७९

  • 315
    SHARES

  • पार्टी विभाजन गरेर माधवले जीवनकै सबैभन्दा ठूलो गल्ती गरे : घनश्याम भुसाल

    काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गर्नुभएको छ ।

    सामाजिक सञ्जाल फेसबुकमा उहाँले पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधव नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको उल्लेख गर्नुभएको छ । ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्’ भुसालले लेख्नुभएको छ ।

    ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको भूसालको आरोप छ । अर्को पार्टी बनाएर कम्युनिस्ट आन्दोलनको सेवा गर्छु भन्नुलाई पत्याउन नसकिने भुसालले बताउनुभएको छ ।

    भुसालले लेख्नुभएको छ, ‘कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’

     


    सोमवार, आषाढ २७ २०७९०९:४७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij