Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

  • सोमवार, आषाढ २७ २०७९

  • 344
    SHARES

  • प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    त्यस लगत्तै गृहमन्त्री खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुहुने छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रियसभामा उत्पति भएको रेल्वे विधेयक २०७९ माथिको दफावार छलफल संसदमा गरियोस् भनी प्रस्ताव पेश गर्नुहुने छ ।

    त्यसपछि रेल्वे विधेयक २०७९ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आजकै बैठकमा स्वास्थ्य तथा जनसंख्यमन्त्री भवानीप्रसाद खापुङले राष्ट्रियसभामा उत्पति भएको औषधि तेस्रो संशोधन विधेयक २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव पेश गर्नुहुने छ ।

    आजै स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि पहिलो संशोधन विधेयक २०७९ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । सोही विधेयकलाई पारित गर्नका लागि प्रस्ताव पेश हुनेछ ।


    सोमवार, आषाढ २७ २०७९०६:२६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij