Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा र चिनियाँ नेता जियानचाओबीच बालुवाटारमा भेट

प्रधानमन्त्री देउवा र चिनियाँ नेता जियानचाओबीच बालुवाटारमा भेट

  • आइतवार, आषाढ २६ २०७९

  • 439
    SHARES

  • प्रधानमन्त्री देउवा र चिनियाँ नेता जियानचाओबीच बालुवाटारमा भेट
    काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्रीमा शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । लिउ जियानचाओ प्रधानमन्त्री देउवालाई भेट्न आइतबार दिउँसो  प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो ।
     
    प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र  जियानचाओबीचको भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव पनि सहभागी छन् ।
     
    लिउ आइतबार बिहान चार दिने भ्रमणमा नेपाल आउनुभएको हो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
     
    लिउ देउवालाई भेटेपछि परराष्ट्र मन्त्री खड्कालाई भेट्न सिंहदरबार जानुहुने छ । त्यसपछि आज साँझ साढे ६ बजे खड्काले लिउलाई सम्मानमा रात्रिभोज दिँदै हुनुहुन्छ ।
     
    विदेश विभाग प्रमुख लिउले भोलि बिहान सुन्दरी जल क्षेत्र भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि उहाँले भोलि नै ओलीलाई बालकोटमा गएर भेट्नुहुने छ । दाहाल, नेपाल र खनाललाई भने लिउले होटेलमा भेट्ने कार्यक्रम रहेको छ । तर, कुन होटेलमा भेट्ने भन्नेबारे सार्वजनिक गरिएको छैन ।
     
    लिउले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । त्यसपछि उहाँले माओवादीका नेता उमेश स्थापितलाई पनि भेट्ने कार्यक्रम छ । लिउ बिहीबार बेइजिङ फर्किनुहुने छ ।
     


    आइतवार, आषाढ २६ २०७९०४:०४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij