Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

देव गुरुङको खुलासा : अमेरिकाले  एसपीपी जस्तै नयाँ सम्झौताको ड्राफ्ट गरिरहेको छ

देव गुरुङको खुलासा : अमेरिकाले  एसपीपी जस्तै नयाँ सम्झौताको ड्राफ्ट गरिरहेको छ

  • आइतवार, आषाढ २६ २०७९

  • 481
    SHARES

  • देव गुरुङको खुलासा : अमेरिकाले  एसपीपी जस्तै नयाँ सम्झौताको ड्राफ्ट गरिरहेको छ
    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवप्रसाद गुरुङले अमेरिकाले नेपाललाई सैन्य गठबन्धनमा सहभागी गराउन चाहिरहेको बताउनुभएको छ। नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गरेपछि अमेरिकाले त्यस्तै अर्को सम्झौता तयार गरिरहेको समेत गुरुङले दाबी गर्नुभयो।
     
    आइतबार(आज) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले एसपीपी अस्वीकार गरेको पत्र अमेरिकी सरकारलाई पठाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताउनुभयो ।
     
    उहाँले अमेरिका सुरुमा आइपीएसबाट आएको र त्यसमा सफल त्यही प्रावधान राखेर एसपीपी तयार गरेको समेत बताउनुभयो। त्यसैगरी गुरुङ १२ बुँदे सर्त राखेर मात्रै संसदबाट एमसीसी पास गरेपनि त्यसबारेमा अहिलेसम्म अमेरिकाले कुनै जवाफ नदिएको बताउनुभयो । 
     
    विधेयक फिर्ता लिने सरकारको अधिकार भएपनि समितिमा छलफल भएर संसद्मा पुगिसकेको नागरिकता विधेयक फिर्ता लिनु संसदीय अभ्यास र संसदीय मूल्यमान्यता विपरीत कार्य भएको उहाँले बताउनुभयो । उहाँले नमिलेको कुरा भए राष्ट्रिय सभामा छलफल गर्न सकिने अवस्था हुँदाहुँदै सरकारले फिर्ता लिएकोमा असन्तुष्टि व्यक्ति गर्नुभयो। 


    आइतवार, आषाढ २६ २०७९०३:५२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij