Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शेखर कोइराला पक्षको बैठक विशालनगरमा सुरु

शेखर कोइराला पक्षको बैठक विशालनगरमा सुरु

  • आइतवार, आषाढ २६ २०७९

  • 715
    SHARES

  • शेखर कोइराला पक्षको बैठक विशालनगरमा सुरु
    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको छुट्टै बैठक सुरु भएको छ । डा. कोइराला पक्षको बैठक विशालनगरस्थित कोइरालाको सचिवालयमा सुरु भएको हो । 
     
    सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेपछि डा. कोइराला पक्षको छुट्टै बैठक बसेको नेता गुरुराज घिमिरेले जानकारी दिनुभयो ।
     
    उहाँका अनुसार डा. कोइराला पक्षको बैठकमा सभापति देउवाले बोलाएको पदाधिकारी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रित छ । 
     
    सोमबार(भोलि)देखि कांग्रेसको केन्द्रीय समिति बैठक पनि बस्दै छ । केन्द्रीय बैठकका विषयमा आफू पक्षीय रणनीति तयार गर्न छुट्टै बैठक बस्न लागेको उहाँले बताउनुभयो । 
     
    सभापति देउवा विधानअनुसार नचलेकाले डा. कोइराला पक्षको आरोप छ । 


    आइतवार, आषाढ २६ २०७९०२:४५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij