Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

ट्रष्टका नाममा बजेट हालेर ब्रम्हलुट भइरहेको छ : उपसभापति गुरुङ

ट्रष्टका नाममा बजेट हालेर ब्रम्हलुट भइरहेको छ : उपसभापति गुरुङ

  • आइतवार, आषाढ २६ २०७९

  • 409
    SHARES

  • ट्रष्टका नाममा बजेट हालेर ब्रम्हलुट भइरहेको छ : उपसभापति गुरुङ
    काठमाडौं ।  नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताका नाममा खुलेका ट्रस्ट र फाउन्डेसनका नाममा राज्य कोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको बताउनुभएको छ । उहाँले त्यो काम सरसरती भ्रष्टाचार भएको समेत दाबी गर्नुभएको छ ।
     
    श्रीलंकामा भएको घटनासँग जोड्दै उपसभापति गुरुङले नेताका नाममा खुलेका ट्रस्टमा बजेट लगानी गर्ने काम अहिल्यैबाट छोड्नुपर्ने बताउनुभएको छ।
     
    उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समितिको बैठकमा भनेको थिएँ–नेताहरूको नाममा खोलेको ट्रस्ट र फाउन्डेसनहरुमा राज्य कोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको छ। यो भ्रष्टाचार हो । रोक्नु पर्छ ।’
     
    तर त्यसयता पनि त्यस्तो प्रवृत्ति बढ्दो रहेको उहाँको दाबी छ । उहाँले श्रीलंकामा भएको घटनाबाट अचेत नेताहरूको चेत खुल्नुपर्ने बताउनुभएको छ।


    आइतवार, आषाढ २६ २०७९०२:३९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij