Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बाजुराको बुढीगंगा नगरपालिकामा एमालेका उम्मेदवार जित नजिक

बाजुराको बुढीगंगा नगरपालिकामा एमालेका उम्मेदवार जित नजिक

  • आइतवार, आषाढ २६ २०७९

  • 222
    SHARES

  • बाजुराको बुढीगंगा नगरपालिकामा एमालेका उम्मेदवार जित नजिक

    काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा नेकपा एमालेका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् ।

    ७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ मत ल्याउनु भएको छ । यस्तै, नेपाली कांग्रेसका रंगबहादुर खातिले ३ हजार १ सय १ मत प्राप्त गर्नुभएको छ । मेयरमा एमालेले ७ सय ८० मतको अग्रता लिएको छ ।

    त्यस्तै, उपप्रमुखमा एमालेकी मायाकुमारी खड्काले ३ हजार ७ सय ५३ मत ल्याउनु भएको छ भने कांग्रेसकी रिता शाहीले ३ हजार १ सय ५३ मत ल्याउनु भएको छ । उपप्रमुखमा एमाले ६ सय मतले अगाडि छ ।

    अब झण्डै १६ सय मत गणना गर्न बाँकी छ । अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ । यी दुवै वडा एमालेको पकड क्षेत्र रहेकाले पनि एमालेको जित सुनिश्चित देखिएको हो ।

    बुढीगंगा नगरपालिकाको ८ वटा वडाको मत गणना सम्पन्न भएको छ । अब २ वटा वडाको गणना बाँकी रहेको छ ।

    मतगणना सकिएको १, २, ३, ९ र १० नम्बर वडामा एमाले विजयी भएका छन् भने वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएका छन् ।


    आइतवार, आषाढ २६ २०७९०८:१५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij