Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मेटमणिलाई मन्त्री दिएपछि सम्धीलाई प्रदेश अध्यक्ष उपहार

मेटमणिलाई मन्त्री दिएपछि सम्धीलाई प्रदेश अध्यक्ष उपहार

  • शनिवार, आषाढ २५ २०७९

  • 1.3K
    SHARES

  • मेटमणिलाई मन्त्री दिएपछि सम्धीलाई प्रदेश अध्यक्ष उपहार

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा यसअघिका अध्यक्ष मेटमणि चौधरीलाई हटाएर आफ्ना सम्धी सोमप्रसाद पाण्डेलाई बनाउनुभएको छ ।

    शनिवार बुटवलमा अध्यक्ष नेपाल आफै सहभागी पार्टीको प्रदेश कमिटी बैठकबाट चौधरीलाई हटाएर पाण्डेलाई प्रदेश अध्यक्ष बनाइएको हो ।दाङका चौधरी र पाल्पाका पाण्डे दुवै प्रतिनिधि सभा सदस्य हुन् ।

    स्थानीय तहको निर्वाचनमा तथा पार्टीका अन्य सङ्गठनात्मक काममा चौधरी निकै अगाडि देखिए पनि पाण्डेलाई अगाडि सारिएकोप्रति लुम्बिनीका नेताहरू आश्चर्यमा परेका छन् ।

    नेकपा एसका नेताहरूले चौधरी अहिले मन्त्री तथा पार्टीको सचिव भएकाले पनि पाण्डेलाई प्रदेशको जिम्मेवारी दिएको दाबी गरेका छन् । बैठकमा चौधरी आफैले पाण्डेलाई अध्यक्षको रूपमा प्रस्ताव गरेको र सर्वसम्मतबाट अध्यक्षमा पाण्डे चुनिएको केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई बताउनुभयो ।


    शनिवार, आषाढ २५ २०७९०७:३४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij