Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सभामुख सापकोटाको तर्क : चुनावमा पैसाको खोलो बग्छ, इमान्दारले लड्न गाह्रो छ !

सभामुख सापकोटाको तर्क : चुनावमा पैसाको खोलो बग्छ, इमान्दारले लड्न गाह्रो छ !

  • शनिवार, आषाढ २५ २०७९

  • 364
    SHARES

  • सभामुख सापकोटाको तर्क : चुनावमा पैसाको खोलो बग्छ, इमान्दारले लड्न गाह्रो छ !
    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका युवाहरूले अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको ट । 
     
    हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको भन्दै उहाँले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको हो ।
     
    शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘सङ्घीय नमूना युवा संसद् अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उहाँले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विसंगतिको अन्त्य गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । 
     
    सभामुख सापकोटाले धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गर्नुभयो ।
     
    हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको पनि सभामुख सापकोटाको भनाइ छ ।
     


    शनिवार, आषाढ २५ २०७९०३:०१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij