Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बुढिगंगामा मतगणना जारी : एमालेको अग्रता कायमै

बुढिगंगामा मतगणना जारी : एमालेको अग्रता कायमै

  • शुक्रवार, आषाढ २४ २०७९

  • 1.8K
    SHARES

  • बुढिगंगामा मतगणना जारी : एमालेको अग्रता कायमै
    काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म ८ सय मतगणना सकिएको बुढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
     
    अहिले वडा नम्बर १ र १० को मतगणना भइरहेको छ। ८०० मतको गणना सकिएकोमा एमालेले मेयरमा ४०३ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। कांग्रेस ३५३ मतका साथ दोस्रो स्थानमा छ।
     
    यस्तै उपमेयरमा एमालेले ४०२ मत ल्याएको छ भने कांग्रेसले ३५७ मत पाएको छ। मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्।
     
    यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।
     


    शुक्रवार, आषाढ २४ २०७९०६:४५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij