Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पूर्वमन्त्री शेर्पा सवार कार दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

पूर्वमन्त्री शेर्पा सवार कार दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

  • शुक्रवार, आषाढ २४ २०७९

  • 1.0K
    SHARES

  • पूर्वमन्त्री शेर्पा सवार कार दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै
    काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ ।
     
    शुक्रबार जिल्लाको कमलामाई नगरपालिका-१४, चन्दनपुरमा उनी सवार कार तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।
     
    शेर्पा सवार बा २ च ९००३ कारमा आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, ५० वर्षीय गणेश थापा लगायत सवार थिए । तीनजनाको अवस्था गम्भीर छ ।
     
    पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट देखिएको छैन । चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनीहरूको थप उपचार ट्रमा सेन्टरमा हुनेछ ।
     
    उनीहरू आदिवासी जनजाति महासङ्घ प्रदेश १ को विस्तारित बैठकमा जाँदै गर्दा दुर्घटना भएको हो ।


    शुक्रवार, आषाढ २४ २०७९०५:३४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij