काठमाडौं । पुनः निर्वाचन गरिएको बाजुराको बुढीगंगा नगरपालिकामा मतगणनाको तयारी हुँदैछ।बिहीबार निर्वाचन भएको बुढीगंगामा शुक्रबार बिहान मतगणनाको तयारी गरिएको छ। यसका लागि विहान सर्वदलीय बैठक बोलाइएको छ।
वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो। सोही अनुसार बिहीबार भएको मतदानमा करिब ७० प्रतिशत मत खसेको थियो।
बुढीगंगामा एमालेबाट प्रमुखमा रामबहादुर बानियाँ र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा हुनुहुन्छ । उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार रहनुभएको छ ।
मतगणना सुरु गरेको तीन दिनमा मतपरिणाम आइसक्ने उहाँको भनाइ छ ।मतगणनास्थल आसपासको सुरक्षा व्यवस्था कडा पारिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनु भएको छ ।
१३ हजार ६ सय ५९ मतदाता रहेको नगरपालिकामा ६६ दशमलव ३ प्रतिशत मत खसेको छ ।यसअघि वैशाख ३० मा भएको चुनावमा धाँधली भएको आरोप लागेपछि बिहीबार पुन मतदान भएको हो ।