Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

दिपु ज्वारचनलाई निगमको महाप्रबन्धक बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

दिपु ज्वारचनलाई निगमको महाप्रबन्धक बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

  • बिहिवार, आषाढ २३ २०७९

  • 651
    SHARES

  • दिपु ज्वारचनलाई निगमको महाप्रबन्धक बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
    काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका निमित्त महाप्रबन्धक दिपुराज ज्वारचनलाई तत्काल अस्थायी नियुक्त नगर्न अन्तरिम आदेश दिएको छ। बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै दिपुराज ज्वारचनलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो। 
     
    युवराज अधिकारीले दिएको रिटमा बिहीबार तिलप्रसाद श्रेष्ठको एकल इजालसले यस्तो अन्तरिम आदेश दिएको हो। यो आदेशसँगै युवराज अधिकारीलाई निगमका कार्यकारी अध्यक्षका रूपमा फर्किने बाटो पनि खुलेको छ।
     
    निगमका कार्यकारी अध्यक्ष रहेका अधिकारीलाई सरकारले गत असार ६ गते पदबाट निलम्बन गरेको थियो। त्यसपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार ९ गते दिपुराज ज्वारचनलाई निगमका निमित्त महाप्रबन्धकका रूपमा अस्थायी नियुक्ति दिएको थियो।
     
    यो निर्णयविरुद्ध अधिकारीले रिट हालेका थिए। सर्वोच्चले दुवै निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको हो।
     
    आदेशमा दिपु ज्वारचनलाई २०७९ असार ९ गते महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको पत्र हाललाई कार्यान्वयन नगर्नु–नगराउनू र निवेदक अधिकारीलाई २०७८ कात्तिक ११ गतेको नियुक्ति पत्रमा उल्लेख भएबमोजिम पूर्ववत् काम गर्न दिनू–दिलाउनु भनिएको छ।
     
    उक्त नियुक्ति पत्रअनुसार अधिकारीलाई सरकारले चार वर्षका लागि कार्यकारी अध्यक्षका रूपमा नियुक्त गरेको हो। 
     


    बिहिवार, आषाढ २३ २०७९०७:०६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij