Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानमा फेरि विवाद, प्रहरीले चलायो गोली

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानमा फेरि विवाद, प्रहरीले चलायो गोली

  • बिहिवार, आषाढ २३ २०७९

  • 826
    SHARES

  • बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानमा फेरि विवाद, प्रहरीले चलायो गोली

    काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद सिर्जना भएको छ ।

    विवाद भएपछि प्रहरीले गोली नै चलाउनुपरेको छ । सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएको थियो ।

    विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको आचार्यको भनाइ छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको पनि उहाँले बताउनुभयो । आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

    यसअघि वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको छ।

     


    बिहिवार, आषाढ २३ २०७९१२:४६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij