काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजेका लागि बोलाइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र अध्यक्षले पढेर सुनाउने कार्यसूची छ ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ सभामा टेबुल गर्ने कार्यसूची छ ।