Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

  • बिहिवार, आषाढ २३ २०७९

  • 389
    SHARES

  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ । प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेका लागि बोलाइएको बैठकले सबै पदाधिकारीको टुङ्गो लगाउने माओवादीको कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो ।

    गत आइतबारदेखि सुरु बैठकमा पदाधिकारी टुङ्गो लगाउन दबाब बढेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो र अस्ति बैठक नै स्थगित गरेर पदाधिकारीको बारेमा छलफल गर्नुभएको थियो ।

    नेता दिनानाथ शर्माका अनुसार अध्यक्ष प्रचण्डले आजको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूको नाम प्रस्ताव गर्नुहुनेछ । प्रचण्डले प्रस्ताव गरेको नाम नै सर्वसम्मत पारित हुने उहाँले दाबी पनि गर्नुभयो ।

    गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरे पनि अध्यक्ष बाहेकका अन्य पदाधिकारी भने चयन हुन सकेको छैन ।


    बिहिवार, आषाढ २३ २०७९०९:१४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij