Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फिल्मको पाँच प्रतिशत मुनाफा सामाजिक कार्यमा

फिल्मको पाँच प्रतिशत मुनाफा सामाजिक कार्यमा

  • बुधवार, आषाढ २२ २०७९

  • 746
    SHARES

  • फिल्मको पाँच प्रतिशत मुनाफा सामाजिक कार्यमा

    काठमाडौं । फिल्म ‘७७७ चार्ली’का अभिनेता रक्षित शेट्टीले फिल्मबाट प्राप्त पाँच प्रतिशत मुनाफा सामाजिक काममा खर्च गरिने घोषणा गरेका छन् ।

    उनले सामाजिक काममा सक्रिय देशभरका गैरसरकारी संस्थालाई उक्त रकम दिइने घोषणा गरेका हुन् । रक्षितले यो सहयोग चार्लीको नाममा गरिने खुलाएका छन् ।

    उनले फिल्मको कमाइको १० प्रतिशत रकम फिल्मलाई क्लाइमेक्ससम्म पुर्‍याउन सहयोग गर्ने व्यक्तिमाझ वितरण गरिने बताए । ‘७७७ चार्ली तपाईँसम्म पुगेको २५ दिन भयो । यसलाई दर्शकले मन पराइरहेका छन् । हाम्रो खुसीको सीमा नै छैन । किनकि यो फिल्मले जुन किसिमको प्रशंसा र पहिचान पायो, त्यो सम्झनायोग्य छ’, उनले भनेका छन् ।

    चार्लीको नाममा भारतभर गैर सरकारी संस्थाहरु खुलेका छन्, जसले कुकुर र जनावरको कल्याणका लागि काम गरिरहेका छन् ।


    बुधवार, आषाढ २२ २०७९१२:३२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij