Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

आफूलाई कम्फर्टेबल हुनेगरी महासचिव बनाउन पुन र शर्माको प्रचण्डलाई सुझाव

आफूलाई कम्फर्टेबल हुनेगरी महासचिव बनाउन पुन र शर्माको प्रचण्डलाई सुझाव

  • मंगलवार, आषाढ २१ २०७९

  • 679
    SHARES

  • आफूलाई कम्फर्टेबल हुनेगरी महासचिव बनाउन पुन र शर्माको प्रचण्डलाई सुझाव

    काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवको प्रमुख दाबेदार मानिएका नेताहरू वर्षमान पुन र जनार्दन शर्माले पार्टी अध्यक्षले जसलाई महासचिव बनाए पनि आफूहरूले स्वीकार्ने बताएका छन्।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा पुन र शर्माले आफूलाई 'कम्फर्टेबल' हुनेगरी पदाधिकारी चयन गर्न समेत सुझाव दिएका थिए।

    माओवादीमा महासचिवका लागि पुन र शर्मासँगै ऊर्जामन्त्री पम्फा भुसालको पनि दाबी छ। नेता शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल र गिरिराजमणि पोखरेलले पनि दाबी गरेका छन्।

    पुन र शर्माले मात्र नभई बैठकमा सहभागी सबै नेताले प्रचण्डले ल्याएको प्रस्तावमा असहमति नजनाउने प्रतिबद्धता जनाएको बैठकमा सहभागी एक नेताले बताएका छन्।

    मंगलबार खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकमा प्रचण्डले बुधबारको बैठकमा पोलिटब्युरो, स्थायी र पदाधिकारी चयन गर्ने जानकारी गराउनुभएको थियो । उहाँले आफूले ल्याउने प्रस्तावमा मतदानमा नजान समेत आग्रह गर्नुभएको थियो ।

    गत पुसमा माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको थियो। महाधिवेशनले प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो। पदाधिकारी चयनको जिम्मेवारी भने केन्द्रीय कमिटीलाई दिएको थियो।

    माओवादी केन्द्रमा कति पदाधिकारी रहने भनेर अझै पनि टुंगो लागेको छैन।


    मंगलवार, आषाढ २१ २०७९०८:३५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij