Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

अछाम किशोर मृत्यु प्रकरण : हत्या आरोपी मेयर चलाउनेमाथि मुद्दा नचल्ने 

अछाम किशोर मृत्यु प्रकरण : हत्या आरोपी मेयर चलाउनेमाथि मुद्दा नचल्ने 

  • मंगलवार, आषाढ २१ २०७९

  • 969
    SHARES

  • अछाम किशोर मृत्यु प्रकरण : हत्या आरोपी मेयर चलाउनेमाथि मुद्दा नचल्ने 
    काठमाडौं । अछामको पन्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलगायत २ जना माथि मुद्दा नचल्ने भएको छ । 
     
    पन्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो । 
     
    प्रहरीले गरेको अनुसन्धानमा मेयर अम्बिका, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
     
    प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएको र घटनामा संलग्न भएको कुनै प्रमाण नभएको प्रतिवेदन पठाएको थियो ।
     
    मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै सरकारी वकिल कौशल ढुङ्गानाले मुद्दा नचल्ने निर्णय गर्नुभएको हो । 


    मंगलवार, आषाढ २१ २०७९०६:२७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij