Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काँग्रेस पदाधिकारी बैठक सकियो, के भयो छलफल ?

काँग्रेस पदाधिकारी बैठक सकियो, के भयो छलफल ?

  • मंगलवार, आषाढ २१ २०७९

  • 775
    SHARES

  • काँग्रेस पदाधिकारी बैठक सकियो, के भयो छलफल ?
    काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक सकिएको छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठक चुनावी रणनीति र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएको प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो । 
     
    बैठकमा उपत्यकामा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि सहभागी थिए । उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा  बसेको बैठकले आगामी केन्द्रीय समिति बैठकबाट भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि दिएको निवेदनबारे भएको उहाँले बताउनुभयो ।  
     
    काँग्रेसका १३ भ्रातृ र १९ शुभेच्छुक संस्था रहेका छन् । यसमध्ये केहीलाई मर्ज गर्ने र थप केहीलाई मान्यता दिने तयारी भइरहेको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । 
     
    बैठकमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति ल्याउनुपर्नेमा नेताहरूले जोड दिएका थिए । युनियनको ९ औं महाधिवेशन साउन ६ र ७ गते हेटौँडामा हुँदैछ ।


    मंगलवार, आषाढ २१ २०७९०५:३५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij