Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रीय कमिटी बैठक स्थगित, अर्को बैठक भोलि बस्ने

माओवादी केन्द्रीय कमिटी बैठक स्थगित, अर्को बैठक भोलि बस्ने

  • मंगलवार, आषाढ २१ २०७९

  • 414
    SHARES

  • माओवादी केन्द्रीय कमिटी बैठक स्थगित, अर्को बैठक भोलि बस्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक भोलि दिउसो एक बजे बस्ने गरेर स्थगित भएको हो ।

    आज को बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यसूची रहेको थियो । प्रचण्डले आइतवार प्रस्तु गर्नुभएको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले विभिन्न प्रश्न उठाएका छन् । माओवादीभित्र पदाधिकारी र स्थायी कमिटी गठनको माग पनि उठेको छ ।

    अघिल्लो वर्ष पुसमा महाधिवेशन सकेको माओवादीले हालसम्म पदाधिकारी चयन गरेको छैन । जारी केन्द्रीय समिति बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिइएपनि स्थायी समिति र पोलिटब्यूरो गठन हुन बाँकी छ ।

     


    मंगलवार, आषाढ २१ २०७९०९:५२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij