Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणबारे अध्ययन गर्न समिति बन्ने

इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणबारे अध्ययन गर्न समिति बन्ने

  • सोमवार, आषाढ २० २०७९

  • 443
    SHARES

  • इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणबारे अध्ययन गर्न समिति बन्ने

    काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य र त्यसको सुधारका लागि अध्ययन गर्न समिति बनाउने हुनुभएको छ। उहाँले सडक र रेलमार्ग एवं यातायातका रुग्ण आयोजनाहरुको पनि अध्ययन गरेर कारबाही थालिने बताउनुभयो ।

    मन्त्रालयमा पदबहाली गर्न पुगेलगत्तै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले राष्ट्रिय यातायात नीतिको मस्यौदा कमिटी गठन गर्ने निर्णय गर्न प्रस्ताव गर्नुभएको थियो । तर, मन्त्री राईले सचिव सिग्देलललाई सोसँगै स्मार्ट लाइसेन्स र इम्बोस्ड नबर प्लेट वितरणको औचित्य र वितरण सुधारबारे अध्ययन गर्न सहसचिवको नेतृत्वमा समिति बनाउने निर्णय गर्ने गरी मस्यौदा बनाउन निर्देशन दिनुभएको छ ।

    उहाँले टेन्डर भएर रुग्ण भएका आयोजनाहरुबारे अध्ययन गर्न पनि अर्को समिति बनाउन निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार देशकै सबैभन्दा धेरै पूँजीगत खर्च गर्ने मन्त्रालय भएको भन्दै उहाँले अब रुग्ण आयोजनालाई सहनशीलताको नीतिबाट नहर्ने बताउनुभयो ।


    सोमवार, आषाढ २० २०७९०७:४२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij