Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादीसँग एकता गर्नेबारे माधव नेपालको ब्रिफिङ

माओवादीसँग एकता गर्नेबारे माधव नेपालको ब्रिफिङ

  • सोमवार, आषाढ २० २०७९

  • 877
    SHARES

  • माओवादीसँग एकता गर्नेबारे माधव नेपालको ब्रिफिङ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गर्नुभएको छ ।

    सोमबार झण्डै ६ घण्टा बसेको नेकपा एसको सचिवालय बैठकमा नेपालले तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीचको बैठकमा पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गर्नुभएको हो ।

    आइतबार तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । उक्त छलफलमा नेता गौतमले माओवादी र समाजवादीबीच चुनाव अघि नै एकता गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको थियो ।

    समाजवादीको सचिवालय बैठकमा सो पार्टीको असार १४ गते सम्पन्न केन्द्रीय परिषद् बैठकको समीक्षा गर्नुका साथै परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालको पेस गरेको राजनीतिक प्रतिवेदनमा आएका सुझाव समेटिएको छ ।


    सोमवार, आषाढ २० २०७९०४:२९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij