काठमाडौं । राष्ट्रिय सभा बैठक आज सोमबार बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको छ ।
आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यस्तै प्रतिनिधिसभाको बैठक पनि आज बस्दै छ ।