Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेपालमा चीनको प्रत्यक्ष चासो, चीनविरुद्ध नजाने दलहरुको प्रतिबद्धता

नेपालमा चीनको प्रत्यक्ष चासो, चीनविरुद्ध नजाने दलहरुको प्रतिबद्धता

  • आइतवार, आषाढ १९ २०७९

  • 634
    SHARES

  • नेपालमा चीनको प्रत्यक्ष चासो, चीनविरुद्ध नजाने दलहरुको प्रतिबद्धता
    काठमाडौं । नेपालमा ‘एमसीसी’ पास भएसंगै ‘एसपीपी’ सम्झौताको विषयसमेत उठेपछि चीन सशंकित भएको छ । अमेरिकासंग आफ्नो सम्बन्ध चिसिएका बेला नेपालमा अमेरिकी चलखेल बढेपछि चीन आफ्नो सुरक्षाको विषयलाई लिएर सशंकित भएको हो । 
     
    हालै जर्मनीमा सम्पन्न जी ७ बैठक र नाटो सम्मेलनले चीनको ‘बीआरआई’ परियोजना असफल पार्ने र यसको प्रभाव कम गराउन सक्दो भूमिका खेल्ने निर्णय गरेपछि चीन पनि आक्रामकरुपमा अघि बढ्न थालेको हो । 
     
    अमेरिकाले नेपालसहित दक्षिण एसियाली देशलाई प्राथमिकता दिएर आफूलाई निशाना बनाएको चीनको बुझाइ छ । यसका लागि चीनले आत्मरक्षाका लागि रणनीतिक पहल थालिसकेको  छ । यो रणनीतिमा नेपाल नीतिलाई चीनले उच्च स्थान दिएको छ । 
     
    यसका लागि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालका राजनीतिक दलका शीर्ष नेता र विदेशमन्त्रीसंग भर्चुअल संवाद गरिसकेका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग पहिलो चरणमा वार्ता गरेका हुन । यस्तै, परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग पनि उनले  छलफल गरिसकेका छन् । 
     
    कुराकानीमा नेपालका नेताहरूले सीपीसीलाई १०१ औँ स्थापना दिवसको शुभकामना दिनुका साथै नेपाललाई चीनले गरेको सहयोग प्रति धन्यवाद दिएका थिए । उनीहरूले नेपाल र नेपालका राजनीतिक दलहरू असंलग्न परराष्ट्र नीतिमा अडिग रहने र कुनै पनि शक्तिलाई नेपाली भूमि चीन विरोधी गतिविधिमा संलग्न हुन नदिने प्रतिबद्धता जनाएका थिए । 
     
    उता लिउले नेपाल र चीनको मैत्रीपूर्ण सम्बन्धको चर्चा गरेका थिए । केही समयअघि मात्र सोङ ताओको स्थानमा विभागको नेतृत्व सम्हालेका लिउले नेपालका नेताहरूसँगको छलफल तीव्र बनाएका छन् । 
     
    लिउको भूमिकालाई कतिपयले नेपालमा सकभर बाम एकता नभए बाम गठबन्धन बनाउन खोजेको रुपमा व्याख्या गरेका छन् ।


    आइतवार, आषाढ १९ २०७९०३:३३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij