Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

अछामका विनोद हत्या प्रकरणमा मेयर चलाउनेसहित ७ जना पक्राउ

अछामका विनोद हत्या प्रकरणमा मेयर चलाउनेसहित ७ जना पक्राउ

  • आइतवार, आषाढ १९ २०७९

  • 1.4K
    SHARES

  • अछामका विनोद हत्या प्रकरणमा मेयर चलाउनेसहित ७ जना पक्राउ
    काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाहीको हत्या संलग्न आरोप लागेका मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।
     
    जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय शाहीको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
     
    जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए । उनले हत्या भएको भन्दै नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।
     
    यसअघि जाहेरी दर्ता भएको मध्ये पाँच जनालाई पक्राउ गरेको र अन्य दुई जनालाई हिजो नियन्त्रणमा दिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
     
    हिजो पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेकी हुन् ।
     
    यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेस गर्ने जनाएको छ ।
     


    आइतवार, आषाढ १९ २०७९०३:२१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij