Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

पाँच दिन बैठक बसेर भएपनि पदाधिकारीको टुंगो लगाउन माओवादी नेताहरूको माग  

पाँच दिन बैठक बसेर भएपनि पदाधिकारीको टुंगो लगाउन माओवादी नेताहरूको माग  

  • आइतवार, आषाढ १९ २०७९

  • 499
    SHARES

  • पाँच दिन बैठक बसेर भएपनि पदाधिकारीको  टुंगो लगाउन माओवादी नेताहरूको माग  
    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले यही केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका छन् । आजबाट सुरु केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै उनीहरूले पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका हुन् ।
     
    बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंगो लगाउनु पर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘यो केन्द्रीय समिति बैठकबाट पदाधिकारी र अरू संरचना टुंग्याउनु पर्छ । बरु पाँच दिनसम्म बैठक बसौँ । यो भद्रगोल अवस्था नराखौं ।’
     
    बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको नौ बुँदे एजेण्डामा पार्टी पदाधिकारी टुंगो लगाउने उल्लेख छैन ।
     
    पौडेलभन्दा अगाडि रिपोर्टिङ गरेका मधेश प्रदेशका इन्चार्ज गणेश शाहले मधेश प्रदेशको पदाधिकारी छिटो टुंगो लगाउनुपर्ने बताउनुभयो । पार्टीले मधेसका एजेन्डाबारे छलफल गर्दै नगरेको भन्दै उहाँले नेतृत्व विहीनताको अवस्था अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।


    आइतवार, आषाढ १९ २०७९०१:४२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij