काठमाडौं । रञ्जु दर्शनाले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्नु भएको हो ।
वि स २०७४ सालको प्रतिनिधि सभा चुनावमा काठमाण्डौ ५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित हुनु भएको थियो ।