Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्दै

लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्दै

  • आइतवार, आषाढ १९ २०७९

  • 454
    SHARES

  • लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्दै

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्दै छ ।

    शनिबारको बैठकमा प्रस्तुत भएको एजण्डामध्ये आज पार्टी विधानमा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताउनुभयो ।

    पार्टी विधानको बारेमा छलफल जारी रहेकाले आज पनि त्यसमा नेताहरुले आ–आफ्नो धारणा राख्ने उहाँले बताउनुभयो ।

    बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ ।

    बैठकमा अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने एजेण्डाका बारेमा पनि गम्भीर छलफल हुँदैछ ।

     


    आइतवार, आषाढ १९ २०७९०७:४५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij