Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

संचारको गुणस्तरलाई थप स्तरीय बनाउन आवश्यक छ : मन्त्री कार्की

संचारको गुणस्तरलाई थप स्तरीय बनाउन आवश्यक छ : मन्त्री कार्की

  • शुक्रवार, आषाढ १७ २०७९

  • 476
    SHARES

  • संचारको गुणस्तरलाई थप स्तरीय बनाउन आवश्यक छ : मन्त्री कार्की

    काठमाडौं । संचार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको संचारको गुणस्तरलाई थप स्तरीय बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

    नेपाल दुरसंचार राष्ट्रिय कर्मचारी संगठनको नवौं केन्द्रीय परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले नेपाल टेलिकमको गुणस्तर वृद्धि गरी यसको मुनाफामा पनि वृद्धि गर्नका लागि आवश्यक काम गर्नुपर्ने बताउनुभएको हो ।

    मन्त्री कार्कीले सरकार युनियन ट्रेडको पक्षमा भएको पनि बताउनुभएको छ । असार १७ देखि १८ सम्म संचालन हुने सो परिषद्मा सूचना तथा प्रविधि मन्त्रालयका सचिव,नेपाल टेलिकमका विभिन्न पधाधिकारीहरुको उपस्थिति रहेको थियो । टेलिकमका पदाधिकारीले नेपाल दुरसंचारको गुणस्तर वृद्धि गर्न सरकारले पनि ठोस कदम चाल्नु पर्ने माग गरेका छन् ।


    शुक्रवार, आषाढ १७ २०७९०४:४६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij