काठमाडौं । जनता समाजवादी पार्टीका नेता युवराज कार्कीले बाबुराम भट्टराईको राजनीति सकिएको दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली वहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कार्कीले नेकपा मालेका महासचिव सीपी मैनालीको जस्तै बाबुरामको राजनीति पनि करिब करिब सकिएको दाबी गर्नुभयो ।
बाबुरामको पक्षमा मुस्किलले ५ सांसद पनि नरहने उहाँको भनाई छ ।
“जसपाका २२ जनामध्ये २ जना सांसद निलम्बित छन् । बाबुरामजी, राजकिशोर यादव, महिन्द्र राय यादव, अमृता अग्रहरि जानुहुन्छ होला । राजकिशोर हामीसँगै बस्ने सम्भावना पनि छ । बाबुरामजीको जनाधार खस्केकाले पार्टीलाइ खासै घाटा हुँदैन । ” कार्कीको भनाई छ ।
बाबुराम र उपेन्द्र यादव सौहार्द रुपमै छुट्टिने पनि उहाँले बताउनुभयो ।