Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘डार्क मुन’मा आमाको फरक कथा

‘डार्क मुन’मा आमाको फरक कथा

  • शनिवार, भाद्र ६ २०७७

  • 1.1K
    SHARES

  • ‘डार्क मुन’मा आमाको फरक कथा


    काठमाडौं । छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ । एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशनमा तयार भएको उक्त चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन् ।

    त्यस्तै, तनुजा कार्की, निशाब लम्साल, युमी बरालले यसमा अभिनय गरेका छन् । साहिल चलचित्र उद्योगका सर्वाधिक डिमाण्डेड ट्रेलर मेकर हुन् । सूर्याले केही चलचित्रमा अभिनेत्रीको भूमिकामा काम गरिसकेकी छिन् भने क्रिजन नेपाली चलचित्र उद्योगका स्थापित बालकलाकार हुन् ।

    सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको छ । एउटी आमाले दायित्व बिर्सदा उनका सन्तानको भविष्य कता जान्छ त्यसलाई देखाउन खोजिएको छ ।

    ‘डार्क मुन समाजको यथार्थ तस्बिर हो । जुन भिडियोबाट देखाउन खोजिएको छ । यो हेरिसकेपछि हरेक आमाबुवाले के सोचिदिनुपर्छ भने, आफ्ना सन्तान आफ्नै कारण घरवारविहीन नहुन्’, निर्देशक ज्ञवाली भन्छन्, ‘आफ्नो व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने शन्देश दिनु यसको उद्देश्य हो ।’

    डार्क मुनको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । कृष्मा गौतम र सारा भुर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । चलचित्रमा सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, विशाल निरौलाको गायन तथा संगीत र साहिल खानको सम्पादन छ ।

    चलचित्रलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो । द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत यो चलचित्र सार्वजनिक गरिएको छ ।
    शुक्रबार मात्रै यसको टिजर सार्वजनिक गरिएको थियो ।

    ‘डार्क मुन’ निर्देशक ज्ञवालीले यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका थिए ।


    शनिवार, भाद्र ६ २०७७०२:५४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij