Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा रहेका बामदेवले आज नयाँ दल खोल्दै

नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा रहेका बामदेवले आज नयाँ दल खोल्दै

  • मंगलवार, आषाढ १४ २०७९

  • 410
    SHARES

  • नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा रहेका बामदेवले आज नयाँ दल खोल्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने हुनुभएको छ ।
    नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लाग्नुभएको छ ।

    आज दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उहाँले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिनुभयो ।

    नेकपा विभाजित पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आउनुभएको थियो । नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा रहनुभएका उहाँ पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लाग्नुभएको हो ।


    मंगलवार, आषाढ १४ २०७९११:३५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij